५ वर्षको उमेरमा शुरू भएको लताको गायन यात्रा…

२३ माघ, काठमाडौं । भारतकी स्वर साम्राज्ञी लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यो खबरसँगै मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ । 

संगीत उद्योगमा लता मंगेशकरको योगदान अतुलनीय छ, जसलाई कहिल्यै भुल्न सकिँदैन । 

frontline

७८ वर्षको करियरमा लता मंगेशकरले २५ हजार गीत गाइन् । लता धेरै अवार्डबाट सम्मानितसमेत भएकी छन् । 

उनी तीन पटक भारतको राष्ट्रिय पुरस्कार विजेता भइन् । यसबाहेक उनलाई दादा साहेब फाल्के अवार्ड र भारत रत्नबाट पनि सम्मानित गरिएको थियो । 

लता मंगेशकरले ५ वर्षको उमेरमा काम गर्न थालिन् । खेल्ने पढ्ने उमेरमा लता मंगेशकरले घरको जिम्मेवारी लिइन् । उनले आफ्ना दाजुभाइको राम्रो भविष्यको लागि कहिल्यै विवाह गरिनन् । 

लता मंगेशकर सायद संसार छाडेर गएकी छन् । तर, उनका सदाबहार गीतहरूको विरासत फ्यानहरूका लागि छोडिएको छ । लताका यी गीतले उनलाई यो संसारमा अमर बनाइदिएको छ । 

लता मंगेशकर करीब एक महिनादेखि बिरामी थिइन् । 

८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । 

लतालाई पनि कोरोनासँग निमोनिया भएको थियो । डाक्टरले उनलाई आईसीयूमा भर्ना गरेका थिए । 

त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइयो । 

त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो ।

लता मंगेशकरको निधनको खबर सुनेर फ्यान र सेलिब्रेटीहरु स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here