चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु

२१ माघ, वीरेन्द्रनगर । चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका– ११ साँदीखोलाकी ३५ वर्षीया नेकीसरा खत्रीको शुक्रबार मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार राति भान्सा घरको छतमा चट्याङ लागेर घाइते भएकी उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

पश्चिमी न्यूनपाचीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

कतिपय स्थानमा भने बिहीबार रातिदेखि नै वर्षा र हावाहुरीसमेत तीव्र गतिमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here