अविरल वर्षाका कारण गोठ भत्किँदा रौतहटमा एक जनाको मृत्यु

२१ माघ, रौतहट । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गोठ भत्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ ।

रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा गोठ भत्किँदा स्थानीय ४५ वर्षिया फुलमतिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

frontline

वर्षाका कारण कमजोर भएको गोठ भत्किएर च्यापिँदा उनी घाइते भएकी थिइन् । उपचारका लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोठ भत्किँदा दुई वटा बाख्रा समेत मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here