भीरबाट लडेर एक व्यक्तिको मृत्यु

१५ माघ, गोरखा । जंगलमा काठ काट्न जाने क्रममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–३ डुङ्लाका अन्दाजी ३३ बर्षीय पुरमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

शुक्रबार करिव चार बजे काठ काट्न जंगल जाने क्रममा तारवाङ भीरबाट उनी लडेका थिए ।

भीरबाट करिव चार सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार घटना भएपनि शनिवारमात्र खबर आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।

‘शनिबार स्थानीयले देखेपछि वडाध्यक्षलाई खबर गरेछन्,’ उनले भने, ‘वडाध्यक्षले हामीलाई खबर गरेपछि हाम्रो प्रहरी टोली खटाएका हौं ।’

गुरुङको शव पोष्टमार्टमका लागि आरुघाटतर्फ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here