ताप्लेजुङको मेरिङदेनमा आगलागी, ४२ लाख बढीको क्षति

सान्केतिक तस्बिर

१४ माघ, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ ।

शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको हो ।

frontline

आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् ।

करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here