अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा तीव्र तयारी

१४ माघ, काठमाडौं । शनिबार हुने नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा तयारी तीव्र पारिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी शनिबार र मंगलबार हुने दुवै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मैदानमा सीमित दर्शकलाई प्रवेश दिने एन्फाले जनाएको छ।

frontline

एन्फाका अनुसार रंगशालामा एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिइनेछ। दशरथ रंगशालाको क्षमता १५ हजारको हाराहारीमा भएकाले ५ हजार दर्शकलाई प्रवेश दिइने भएको हो

सरकारले दर्शकलाई प्रवेश दिनका लागि अनुमति दिएको एन्फाको भनाइ छ। तर दर्शकले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ।

यसअघि सरकारले रंगशालामा खेल हेर्न जाने दर्शकले खोप कार्ड देखाउनु पर्ने नियम लागू गरेको थियो।

खेलका लागि भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। 

दुवै खेल दशरथ रंगशालामा अपरान्ह ४:४५ बजे सुरू हुनेछ।

साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो

यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here