युक्रेनको सैन्य कारखानामा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु

१३ माघ, किभ । युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ ।

बिहीबार बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा गार्डको मृत्यु भएको हो । 

frontline

युक्रेनको निप्रोस्थित पिभ्देन्मास मिसाइल कारखानामा गोली चल्दा अन्य पाँच घाइते भएका छन् ।

सैनिकले गोली चलाउनुको कारण हाल सम्म नखुलेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ । स्थानिय प्रहरीका अनुसार आक्रमणकारी सैनिकले राइफल चलाएका थिए ।

साे घटनामा पाँचको मृत्यु भएको छ भने अन्य पाँच सुरक्षागार्ड घाइते भएका छन् । गोली चलाउने सैनिक फरार छन् ।

चलाएर  उनको खोजी कार्य जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here