चारदिनसम्म घटेको शेयर बजारमा आज सामान्य वृद्धि

१३ माघ, काठमाडौं । लगातार चारदिनसम्म घटेको शेयर बजारमा बिहीवार सामान्य वृद्धि भएको छ ।

साताभरको कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै २७७९.९३ विन्दुमा पुगेको छ ।

frontline

यस दिन ठूला कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढ्दै ५१८.७२ विन्दुमा पुगेको छ ।

यस दिन कुल २ सय २४ कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन १३ समूहमध्ये ७ कम्पनीको शेयर सूचक बढेको छ । बाँकी ६ कम्पनीको शेयर सूचक घटेको छ ।

यस दिन लगानीकर्ताको आकर्षण निर्जीवन बीमातर्फ देखियो । यस्तै फाइनान्स, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य, माइक्रोफाइनान्स र इन्भेस्टमेन्ट समूहको सूचक बढ्यो ।

बिहीवार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र मुचुअल फण्डतर्फ भने सूचक घटेको छ । 

बिहीवार विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । 

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक धेरै ४.१४ प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा सर्वाधिक धेरै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० करोड २ लाख ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

यस पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ११ करोढ ४७ लाख २३ हजार ७३० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here