लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी
१२ माघ, दाङ । लुम्बिनी प्रदेश राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धन विजयी भएको छ । गठबन्धन चार हजार तीन सय ७४ मतसहित विजयी हुँदा एमालेले तीन हजार तीन सय १२ मत प्राप्त गरेकाे छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक विजयी भएका हुन् ।
एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्