वाटफोर्डले रोय हडसनलाई मुख्य प्रशिक्षक नियुक्त

१२ माघ, काठमाडौं । प्रिमियर लिग क्लब वाटफोर्डले रोय हडसनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

वाटफोर्डले मंगलबार इंग्ल्यान्डका पूर्वप्रशिक्षक हडसनलाई टिम हेर्ने जिम्मेवारी दिइएको जनाएको छ ।

frontline

मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको भोलिपल्टै वाटफोर्डले हडसनलाई नियुक्त गरेको हो ।

प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाटफोर्डले मुख्य प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको हो ।

७४ वर्षीय हडसनले गत सिजनको अन्त्यमा क्रिस्टल प्यालेस छाडेपछि फेरि प्रिमियर लिगमा फर्केका हुन् ।

वाटफोर्डले प्रिमियर लिगमा खराब प्रदर्शनपछि रानिएरिलाई सोमबार बर्खास्त गर्दै क्लबको समस्या समाधान गर्न नयाँ प्रशिक्षक आवश्यक रहेको जनाएको थियो ।

हाल लिगको १९औं स्थानमा रहेको वाटफोर्डलाई रेलिगेसनबाट जोगाउनु हडसनको मुख्य जिम्मेवारी रहेको छ ।

सन् २००२ देखि २००५ सम्म वाटफोर्डकै प्रशिक्षक रहेका रे लेविनटनलाई हडसनको सहायकको रुपमा नियुक्त गरिएको क्लबले जनाएको छ ।

वाटफोर्डको प्रशिक्षकको रुपमा हडसनको पहिलो खेल बर्नलीसँग फेब्रुअरी ५ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here