दाङमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

९ माघ, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसिपुर उपमहानगरपालिका- १२ का अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

frontline

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर-७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

आइतबार बेलुका लमहीदेखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर- ४ बलामपुरमा दुर्घटना भएको हो ।

त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि उपचारका लागि रिफर गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here