अब ॐ चाबहिल डेन्टलको सेवा कोटेश्वरमा पनि, एक महिना निशुल्क परिक्षण सेवा

फ्रन्टलाइन, माघ ८ । ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए ।

सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए । डेन्टलका प्रबन्धक निर्देशक अनिल शर्माले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा ॐ चाबहिल डेन्टलले दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको जानकारी दिए । सेवा प्रारम्भको अवसरमा ॐ चाबहिल डेन्टलले कोटेश्वर शाखाले एक महिना अर्थात माघ महिनाभरी दाँत तथा अनुहारको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक शर्माले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here