एमालेद्धारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here