बाँस झ्याङमा चिप्लिएर लड्दा एक जनाको मृत्यु

७ माघ, विराटनगर । मोरङको केराबारी गाउँपालिका–७मा बाँस झ्याङमा चिप्लिएर लड्दा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बाँस झ्याङमा काटेको बाँस त्यहाँबाट निकाल्ने क्रममा चिप्लिएर लड्दा ४३ वर्षीय ढकबहादुर राईको मृत्यु भएको हो।




बाँस निकाल्ने क्रममा भिरालो जमिनबाट लडेका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय टंक बस्नेतको बाँस झ्याङमा काटेको बाँस बाहिर निकाल्ने क्रममा घटना भएको हो।
शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ।
प्रतिक्रिया दिनुहोस्