एक यात्रीले मास्क नलगाएपछि डेढ घन्टा उडेर फर्कियो विमान

७ माघ, काठमाडौं । अमेरिकाको मायामीबाट लन्डन गइरहेको एक विमान डेढ घन्टा उडेर फर्किएको छ ।
विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान फर्केको हो ।




उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको छ ।
विमान मायामीमा अवतरण गरेपछि एयरलाइनले प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकारीहरूले मास्क नलगाउने महिला यात्रीलाई मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेका थिए ।
अनुसन्धान चलुन्जेल ती महिलालाई एयरलाइनको नो फ्लाई लिस्टमा राखिएको छ ।
ती महिलाले स्थानीय कानून नतोडेकाले पक्राउ गरिएको थिएन ।
गत सेप्टेम्बर महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानमा मास्क लगाउन नमान्ने व्यक्तिहरूलाई ५०० डलरसम्मको जरिवाना सजायको व्यवस्था गरेका थिए ।
उक्त उडान आकाशमा ९० मिनेटसम्म रहेको बेलामा उडान रद्द गरिएको थियो । धेरै यात्रुहरू मायामीमै रात बिताएर बिहीवारको फ्लाइटमा लन्डन गएका थिए ।
प्रतिक्रिया दिनुहोस्