दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका बिजयखर्कमा ४ वटा भवन उद्घाटन
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं १५ बिजयखर्कमा एकै पटक ४ वटा भवनको उद्घाटन सम्पन्न गरिएको छ । नगरपालिकाद्धारा विनियोजित वजेटबाट निर्माण भएका उक्त भबनहरुको सोमवार एक कार्यक्रमका वीच नगरप्रमुख दिपनारायण रिजाल तथा उपप्रमुख बिणादेबी राईबाट उद्घाटन सम्पन्न गरिएको हो ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाभित्र आबश्यक भौतिक संरचनाहरुको निर्माण लाई निरन्तरता दिदै जाने क्रममा वडा नं. १५ विजयखर्कमा एकैपटक यी भवनहरुको निर्माण सम्पन्न गरिएको छ ।
सोमवार उद्घाटन भएका भबनहरु वडा नं १५ को वडा कार्यालय भबन, स्वास्थ्य चौकीको भबन, चम्पावति माध्यमिक बिध्यालयको भबन र भैरवेश्वर महिला जागरण मञ्चको भबन रहेका छन । नया भबनबाट सेवा पाउने हुदा स्थानीयहरुले खुशी ब्यक्त गरेका छन ।
वडा नं. १५ वडा कार्यालय भवन उद्घाटन
साबिकमा प्रयोग गरिदै आएको वडा कार्यालयको भबन तत्कालिन गाबिस हुदादेखि प्रयोग गरिदै आएको हुदा पुरानो र जीर्ण अबस्थामा रहेको थियो । सुरक्षित र पक्की भबन नहुदा पटक पटक वडा कार्यालय भबनमा चोरी तथा तोडफोड समेत भएको थियो । अब नयाँ भबनबाट सेवा प्रबाह हुने भएकोले सेवाग्राहीहरुलाई समेत सजिलो हुने बिश्वास लिइएको छ । वडा कार्यालयको नयाँ भवन नगरपालिकाले उपलब्ध गराएको ७० लाख लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन
यस्तै सोही वडामा स्वास्थ्य चौकीको नया भबन पनि उद्धघाटन गरिएको छ । स्थानीय समाजसेवी चन्द्रकुमारी पोखरेलले निसुःल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा भबन निर्माण भएको छ । स्थानीयहरुलाई सहज तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने ध्येयका साथ भबनको निर्माण गरिएको हो । स्वास्थ्य सेवा लिन बिरामीहरुलाई समय पर्खनुपर्ने तथा साघुरो क्षेत्र भएका कारण स्वास्थ्य सेवा लिन असहज हुने समस्यालाई मध्यनजर गर्दै अब सम्पूर्ण आबश्यक स्वास्थ्य सेवाहरु सुरक्षित र सहज ढंगबाट नयाँ भबनबाट प्रदान गरिने बताइएको छ ।
चम्पावती माध्यामिक विध्यालयको विज्ञान प्रयोगशाला भवनको पनि उद्घाटन
सोही वडामा अर्को महत्वपुर्ण भौतिक संरचना को पनि सोही दिन उद्घाटन सम्पन्न भएको छ । श्री चम्पावति माध्यमिक बिध्यालयको ४ कोठे भबन पनि उद्घाटन गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको ७० लाख तथा नगरपालिका को २८ लाख गरी कुल ९८ लाख लागत मा निर्माण सम्पन्न भएको बिज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला सहितको बिध्यालय भबनको नगरप्रमुख रिजाल र उपप्रमुख राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
भैरवेश्वर महिला जागरण मञ्चको नवनिर्मित भवनको उद्घाटन
यस्तै महिला समुहको भवन पनि हिजै उद्घाटन भएको छ । भैरवेश्वर महिला जागरण मञ्चको नया भबन उद्घाटन भएको हो । महिला समुहले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न यो भबन आबस्यक रहेको अध्यक्ष अनिसा खनालले बताउनुभयो ।
उद्घाटन कार्यक्रमको अबसरमा बिभिन्न सहयोगी तथा समाजसेवी ब्यक्तीहरुलाई सम्मानित गरिएको थियो । वडा कार्यालय भबन निर्माणको लागि निःसुल्क भबन उपलब्ध गराउने सोही वडाका वडा अध्यक्ष बिरेन्द्रप्रसाद ढकाल सम्मानित हुनुभएको हो । त्यसै गरी महिला समुहको भबन निर्माणका लागि निःसुल्क जग्गा प्रदान गर्ने युबराज ढकाल, भैरवेश्वर महिला जागरण मञ्चकी संस्थापक सल्लाहकार राधादेबी ढकाल, उहाँका पति केसबप्रसाद ढकाल पनि सम्मानित भएका छन । यस्तै सोही अवसरमा स्वास्थ्य चौकी भबन निर्माणका लागि निःसुल्क जग्गा उपलब्ध गराउने चन्द्रकुमारी पोखरेल पनि सम्मानित हुनुभएको छ ।
दिवाखाजाको पनि शुभारम्भ
दिक्तेदरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १५स्थित सबै बिध्यालयहरुमा दिवाखाजा कार्यक्रमको पनि शुभारम्भ भएको छ । चैत्र २ गते नगरप्रमुख मेयर दिपनारायण रिजालले दिवा खाजाका लागि टिफिन क्यारी बितरण गर्दै यस कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । यस नगरपालिकामा यो कार्यक्रम प्रभाबकारी रुपमा लागु गर्न नगरपालिकाले विध्यार्थीहरुलाई टिफिन क्यारी समेत उपलव्ध गरी यो कार्यक्रम शुभारम्भ गरेको हो ।
नेपाल सरकारले प्राथमिक विध्यालयमा पढ्ने वालवालिकाहरुको स्कुल छोड्ने तथा कक्षा छोड्ने दर कम गर्ने उद्ध्ेश्यबाट शुरु गरिएको यो कार्यक्रम यतिखेर दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका खोटाङमा पनि निरन्तर लागू भैरहेको हो । वालविकास देखि कक्षा पाच सम्मका सम्पूर्ण विध्यार्थीहरुलाई यो सुबिधा प्राप्त हुनेछ । २०७७ साल चैत्र २ गते बाट लागु हुने गरी यस वडा मा रहेका ५ वटा प्राथमिक विध्यालयहरुमा अध्ययनरत विध्यार्थी केन्द्रित यो कार्यक्रम लागू भैसकेको छ , यसका साथै चम्पावती माध्यमिक बिध्यालयमा अध्ययनरत १०३ जना बिध्यार्थीहरुले यो सेवा प्राप्त गर्ने छन । अन्य विध्यालयहरुमा पारुहाङ प्राबि का ३८ जना, साकेला प्राबि का ४० जना, जनचेतना आ बि का ७३ जना बिध्यार्थिहरु दिवा खाजामा समाबेस हुने भएका छन ।
यस्तै अर्को बिध्यार्थी केन्द्रित स्यानिटरी प्याड बितरण कार्यक्रम पनि सोही अबसरमा सुरुवात भएको छ । सो वडा का २ वटा विध्यालयमा अध्ययनरत ८१ जना किसोरीहरुको लागि स्यानिटरी प्याड वितरण गरिएको छ । किसोरीहरु महिनावारीको समयमा विध्यालय जान नसक्ने तथा पुरै कक्षा पढ्न असमर्थ हुने हुदा पढाई बिग्रिने भएकाले वडा नं १५ का चम्पावती मा.बि र जनचेतना आ.बि मा सो कार्यक्रम लागू भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्