कोशी अस्पतालका १३ चिकित्सकसहित ८३ कर्मचारीमा कोरोना संक्रमण

६ माघ, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका १३ जना चिकित्सकसहित ८३ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी, नर्र्सिङ स्टाफ, प्यारामेडिक्स र कर्मचारी तथा सफाई कर्मचारीहरु संक्रमित भएतापनि अस्पतालले सेवा प्रवाह भने रोकेको छैन ।

frontline

कोरोनाका कारण स्वास्थ्यकर्मीहरुको अभाव नै हुने स्थिति नआएसम्म अस्पतालबाट दिने सेवा नरोकिने कोशी अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनले आईसीसू सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएकाले केही समस्या भएको बताए ।

कोशी अस्पतालले आमा सुरक्षा कार्यक्रमलाई प्रभावित हुन नदिन कोरोना संक्रमित आमाहरुका लागि छुट्टै कोठाको व्यवस्था गरेर प्रसुति सेवा सञ्चालन गर्न थालेको छ ।

कोशी अस्पतालमा स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, प्यारामेडिक्स, कर्मचारी र सफाइ कर्मचारीहरु गरी करिब ५ सय ५० जना कार्यरत रहेका छन् ।

कोरोनाको तेश्रो लहरका कारण संक्रमित भएका स्थास्थ्यकर्मी र कर्मचारीहरु निको भएर काममा फर्कने क्रम पनि बढेकाले सेवा बन्द नै गर्नुपर्ने अवस्था नआएको कोशी अस्पतालले जनाएको छ ।

दैनिक जसो संक्रमितको संख्या बढ्दै गएकाले सुरक्षित रहन मेसु दासले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here