२४ लाख ‘बुस्टर डोज’ खोप गायब, सरकार किन चुप लागेको भन्दै नेता रावलद्वारा आपत्ती

फाइल तस्बिर

६ माघ, काठमाडौं । नेकपा एमाले नेता डा. भीम रावलले विभिन्न मुलुकबाट नेपाल भित्रिएको करिब २४ लाख ‘बुस्टर डोज’ खोप गायब हुँदा सरकार किन चुप लागेको भन्दै आपत्ती जनाएका छन्।

देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको समयमा २४ लाख खोप गायब हुँदा सो विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन भन्दै नेता रावलले प्रश्न समेत गरेका छन्।

frontline

नेता रावलले खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गर्दा पनि सरकार चुप लाग्नु गैरजिम्मेवारीपन भएको बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्,’ देशमा कोरोना विषाणुको संक्रमण बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारील नै सार्वजनिक गरेका छन्।

यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन? कानुन, जिम्मेवारी र नैतिककता कहाँ हरायो ?’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब २४ लाख डोज खोप गायब भएको सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here