चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड, मानिसमा जस्तै लक्षण

६ माघ, एजेन्सी । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड  देखिएको छ । 

कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।

frontline

उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ ।

जनावरको  रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया  विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् ।

यसअघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here