नोबेल मेडिकल कलेजका विद्यार्थी काठमाडौंमा

५ माघ, काठमाडौं । अतिरिक्त शुल्क असुल्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका पीडित विद्यार्थीहरु सरकारलाई दबाब दिन काठमाडौं आएका छन् ।
नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै पीडित विद्यार्थी काठमाडौं आएका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिने जनाएका छन् ।




चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराइको नेतृत्वमा विद्यार्थीहरु काठमाडौं आएका हुन् ।
समिति संयोजक भट्टराईले नोबेलले विद्यार्थीलाई ठगी गरेको भन्दै गैरकानुनी शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
यस्तै, काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले पनि विद्यार्थीबाट ६ लाख रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको छ ।
सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न पटकपटक ताकेता गरेपनि नोबेल र काठमाडौं मेडिकल कलेजले अटेर गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्