वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अपहरण गरेको अभियोगमा तीन जना पक्राउ

४ माघ, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् ।

frontline

महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले ८ असोज २०७८ मा दुबईबाट नेपाल आएका सिरहाका ३० वर्षीय रामेश्वकर रामलाई बन्धक बनाएका थिए ।

‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएर कुटपिट गरेर ज्यान मार्ने धम्की दिँदै झोला र मोबाइल समेत लगेको भनी उजुरी परेको थियो’ मैनाली भन्छन्, ‘विभिन्न विधिबाट अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्नहरु पक्राउ परेका हुन् ।’ बन्धक बनाउनुको कारणबारे स्पष्ट भइनसकेको उनले बताए ।

पक्राउ परेका तिनै जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here