पशुपतिको धर्मशालामा अनुमतिविना संरचना बनाइएको रहेछ : पर्यटनमन्त्री आले

फाइल तस्बिर

२ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए । 

frontline

उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिरहेको छ । पछिल्लो समय नारायणीहिटी दरबारमा क्याफेटेरिया सञ्चालनको विषयमा बतास समूह विवादमा आएपछि मन्त्री आलेले पशुपतिस्थित धर्मशालाको पनि निरीक्षण गरेका हुन् । 

मन्त्री आलेले धर्मशालाको नाममा बनाइएको संरचना देखेर अचम्म लागेको बताए । ‘यसबारेमा छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्छ ।

त्यसको आधारमा सबै कुरा छर्लङ्ग बाहिर आउने छ,’ उनले भने, ‘यहाँ कतिपय संरचना अनुमति नै नलिएर बनाइएका पनि रहेछन् ।’

‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर सानदार आलिशान, छ ।

सेभेन स्टारको हाराहारीमा मैले पाएँ,’ उनले भने । उनले धर्मशालालाई उच्चस्तरीय होटलका रुपमा विस्तार गरिएको भन्दै यसमा संलग्न जो कोही भए पनि कारबाही गरिने बताए । 

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here