इन्डोनेसियामा ६.६ म्याग्नीच्युडकाे भूकम्प, ९०० घर क्षतीग्रस्त

१ माघ, एजेन्सी ।  इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ । 

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

frontline

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ ।

उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here