बडिमालिका नगरपालिकाद्धारा एयरपोर्ट निर्माणको तयारी थालनी

फ्रन्टलाइन, बडिमालिका । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माण गर्ने गरि बडीमालिका नगरपालिकाले तयारी थालेको छ । फागुन ९ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जीआईजेडसँग डिपिआर निर्माणको निर्णय गरेको थियो । सोहीअनुसार बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहसँग भेटेर विस्तृत छलफल गर्नुभएको छ ।

मार्तडीमा एयरपोर्ट सञ्चालनका लागि बजेट व्यवस्थापन गर्न आवश्यक छलफल गरिएको मेयर बडुवालले जानकारी दिनुभएको छ । स्थानीय तहको थोरै बजेटले एयरपोर्ट सञ्चालन गर्न कठिनाइ हुने हुँदा नगरप्रमुख बडुवालले गृहमन्त्री शाहसँग आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारलाई एयरपोर्टलगायत महत्त्वपूर्ण योजना निर्माण गर्न बजेट व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गरिने उहाँको भनाई छ ।

frontline

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शाहले प्रदेशबाट हुने बजेट व्यवस्थापन र प्राविधिक सहयोगका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय नागरिकलाई सामान्य उपचारका लागिसमेत लामो समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकाले यसको अन्त्यका लागि मार्तडीमा एयरपोर्ट निर्माण गर्ने गरी तयारीमा लागेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here