गुडविल फाइनान्सको २७ औ वार्षिक साधारण सभा सम्पन्न

३० पुस, काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ  । कम्पनीले आज बिहिबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

 सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत  गरेका थिए। संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४ प्रतिशत ले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८ प्रतिशत ले वृद्धि गरी रु. ७,९१,३३,८९,६८० पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष  साखःले प्रस्तुत गरेको आ.ब.२०७७÷०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरि जम्मा १३ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । 

frontline

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको  जानकारी गराएका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here