खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप लगाउनेको चाप बढ्न थाल्यो

३० पुस, काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप लगाउनेको भीड बढेको हो ।

frontline

त्यसका साथै कोभिड संक्रमण तीब्र विस्तार भएसँगै खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको छ  । उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ ।

केही दिनअघिसम्म खोप केन्द्रहरुमा खोप लगाउनका लागि मानिसहरू आउँदैनथे तर, सरकारले खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रमा दिनहुँजसो भीड लाग्ने गरेको छ । टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताल लगायत खोप केन्द्रमा खोप लगाउने मानिसको पछिल्लो केही दिनयता थामिनसक्नु भीड बढेको हो ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेपनि खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाईनमा बस्दा त्यहीँबाटै संक्रमण फैलिने जोखिम बढेको छ । सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरै जना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ ।

सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here