प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

३० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

मन्त्रिपरिषदको बैठक बोलाएका देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ।

frontline

बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो । 

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाले शुक्रबारबाट नियमित काममा फर्किएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। 

 सोमबार र बिहीबार गरिएको कोभिड-१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here