टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

३० पुस, धनकुटा ।  धनकुटा नगरपालिका-२ गुराँसे नजिक टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बालुवा बोकेर वसन्तपुरतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर शुक्रबार बिहान पौने ५ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।

frontline

राजमार्गको सडकबाट अन्दाजी २५ मिटर तलझरी दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामापरी टिपर चालक प्युठान जिल्लाको मान्डवी गाउँपालिका-१ का २८ वर्षीय भुवनथ्रेडी मगर र सह–चालक दाङ जिल्लाको बबई गाउँपालिका-३ का २१ वर्षीय नविन बिकको मृत्यु भएको धनकुटाका प्रहरी उपरिक्षक नहकुल पोख्रेलले जानकारी दिए।

टिपर दुर्घटना भएपछि पुगेको प्रहरीले दुवै जनाको शव गाडीमुनी किचिएको अवस्थामा फेला पारेको थियो। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here