टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत त्रिभुवन आर्मी क्लब विजयी

३० पुस, पोखरा । पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत विहिबारको खेलमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लवले लगातार जित निकालेमा छन्। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

frontline

उता हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि विभागीय टीम एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई सुरक्षित बनाएको छ। 

त्रिभुवन आर्मी क्लबवले साविक उपाधि विजेता गण्डकी प्रदेशलाई पहिलो सेट  २५–१५ ले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो।

तर तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो। प्रतिष्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ को जित निकाल्न सफल बन्यो।

जितसँगै आर्मीको तीन खेलबाट ६ अंक पुगेको छ। आर्मीसँग पराजित भएपछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ। गण्डकीको ३ खेलबाट ३ अंक रहेको छ।

उक्त खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै इश्वर थापा उत्कृष्ट डिफेण्डर घोषित भएका छन्। 

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रालाई जिवित बनाएको छ।

जितसँगै हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ। प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो। उक्त खेलमा टिप टपका विनित कुमार म्यान अफ दि म्याच हुँदै ५ हजार नगद हात पारे भने दिपक थापा उत्कृष्ट डिफेण्डर भएका छन्।

शुक्रबार हुने खेलबाट नै फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्ने प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्रि तहल सिंह थापा मगरले जनाएका छन्। 

महिलातर्फको प्रतिस्पर्धामा आयोजक टाइगर ग्रुप विभागिय टोली नेपाल आर्मीसंग ३–१ सेटले पराजय भएको छ। उक्त खेलमा टाइगर ग्रुपकी कभिषा ओमन अफ दि म्याच हुँदा आर्मीकी पुष्पा चौधरी वेष्ट डिफेण्डर भइन्।

महिलातर्फको आर्को खेल लाइट प्रोटेष्टका कारण अवरुद्ध बनेको छ। न्यू डायमण्ड र विभागिय टोली नेपाल पुलिस क्लब विचको खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडी रहेको अवस्थामा खेल अवरुद्ध बनेको आयोजकले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here