विभिन्न बैंक, सहकारी र मिटरव्याजीको डेढ अर्व बढी रकम उठाएर मदिरा आयातकर्ता व्यवसायी अभिषेक र अमित अग्रवाल फरार

३० पुस, काठमाडौं । विभिन्न बैंक, सहकारी र मिटरव्याजी समेतबाट डेढ अर्व रुपैयाँ भन्दा बढी रकम उठाएर मदिरा आयातकर्ता व्यवसायी अभिषेक अग्रवा र अमित अग्रवाल फरार भएका छन् ।

अभिअमि, भिन्याट, ग्रीनलाइन सेन्टर प्रालिलगायतका सञ्चालक रहेका अग्रवालद्वयले नेपाली बैंक तथा वित्तीय संस्थासहित विभिन्न व्यक्तिहरुसँग समेत ठूलो मात्रामा कर्जा लिएर फरार भएको बताइएको छ ।

frontline

जनकपुरनिवासी अग्रवालद्वयका सम्पूर्णमा परिवार भारतमा बसोबास गरिरहेका छन् । नेपाली बैंक तथा वित्तीय संस्था र व्यक्तिसँग समेत ऋण लिएर उनीहरू पनि भारत छिरेको अनुमान गरिएको छ ।

लामो समयदेखि विदेशी मदिरा आयात गरी विक्रीवितरण गर्दै आएको उनीहरूले पछिल्लो समय घर–जग्गा र अपार्टमेन्टहरूमा समेत लगानी गरेको बुझिएको छ । सो क्रममा उनीहरुले नेपालका केही बैंक, सहकारी र व्यक्तिहरूसँग समेत करोडौं रुपैयाँ ऋण लिएको खुलेको छ ।

उक्त पैसा नतिरिकनै अग्रवालद्वय फरार भएपछि ऋणदाता बैंक, सहकारी र व्यक्तिहरू समस्यामा परेका छन् । कतिपय बैंकहरूले व्यवसायका आधारमा धितो भन्दा बढी कर्जा प्रवाह गरेको समेत पाइएको छ ।

नेपालमा विदेशी तथा नेपाली चलेका मदिरा विक्री गर्नेमा ग्रीनलाइनलगायत अग्रवालका अन्य मदिरा स्टोर्स अग्रस्थानमा पर्दछन् । सोही कारण

ग्रीनलाइनलगायत यसका आउटलेटहरूले समेत विभिन्न परिमाणमा कर्जा लिएको खुलेको छ ।

यी स्टोर्सहरूका काठमाडौं र पोखरामा गरी मदिरा विक्रीका लागि विभिन्न नाममा करीब आधादर्जन आउटलेट छन् । कर्जा लिएका कतिपय आउटलेटहरू बेचविखनसमेत भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here