६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।

frontline

७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ। तर एउटै सेवाको लागि खर्च दोहोर्‍याउन भने पाइने छैन। 

अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा हुने छैन। 

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।

अस्पताल व्यवस्थापन वा अस्पतालमा रहेको सामाजिक सेवा व्यवस्थापन समितिले नियमति रुपमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको आन्तरिक मूल्यांकन गरी सुधार गर्नुसका साथै कार्यक्रमको वर्षको एक पटक वार्षिक समीक्षा गर्नुपर्नेछ। 

मन्त्रालयले निर्देशिकाको मस्यौदा निर्माणका लागि तयारी समेत अघि बढाइसकेको छ। जेरियाट्रिक स्वास्थ्य सेवा सम्बन्धी रणनीतिको मस्यौदा तयारका लागि मन्त्रालयले ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कडेलसँग नौ बुँदे सम्झौता गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here