मन्त्रीहरूमा कोरोना देखिएपछि मन्त्रिपरिषद बैठक अनिश्चित

२९ पुस, काठमाडौं । संघीय सरकारका मन्त्रीहरूमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ ।

नियमित रुपमा हरेक बिहीबार बस्दै आएको मन्त्रिपरिषद बैठक आज बस्ने या नबस्ने भन्ने टुंगो लागिसकेको छैन ।

frontline

स्रोतका अनुसार केही मन्त्रीहरु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।

यसका कारण मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको छ ।

प्रधानमन्त्री समेत कन्ट्रयाक्ट ट्रेसिङमा परेकोले आज मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

यसअघि गत सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here