नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणमा ५४ प्रतिशतमा संक्रमण

२९ पुस, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले जानकारी दिए ।

frontline

डा. पाण्डेका अनुसार यो संख्या कोरोनाको दोस्रो लहर मत्थर भएयताको सबैभन्दा उच्च हो । पुष्टि भएकाहरुमा रुघाखोकी लगायतका सामान्य फ्लूको लक्षण रहेको उनको भनाइ छ ।

नेपालमा पछिल्लो २४ घण्टामा करिब २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हेल्थ डेक्समा १८ जनामा संक्रमण

वीरगञ्ज नाकामा सञ्चालित हेल्थ डेक्समा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।
हेल्थ डेक्सकी प्रमुख डा. अनिशा महतोका अनुसार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये ११ जना नेपाली छन् भने बाँकी भारतीय छन् ।

संक्रमण पुष्टि भएका नेपाली नागरिकहरुमा कुनै पनि लक्षण नदेखिएका कारण होमआइसोलेसनमा बस्ने शर्तृमा घर पठाइएको उनले बताइन् ।

तर भारतीय नागरिकलाई भनै भारततर्फ नै फिर्ता पठाइएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here