प्रधानमन्त्री देउवाले भाेलि पुन: कोरोना परीक्षण गर्नुहुने

२८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुन: कोरोना परीक्षण गर्नुहुने भएको छ ।
प्रधनमन्त्री निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी देखि भान्सेसम्मलाई कोरोना पोजेटिभ देखिएपछि देउवाले पुन; परीक्षण गर्न लाग्नु भएको हो ।




यसअघि प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
दैनिकजसो सम्पर्कमा आएको व्यक्तिहरुको कोरोना पोजेटिभ आएकाले बिहीबार पीसीआर गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो पटकका कर्मचारीहरुको रिपोर्टसँगै देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताइएको छ ।
अहिले देउवा आइसोलेसनमा रहेको र बिहीरबारको परीक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै राजनीतिक भेट गर्ने उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्