सांसद रेग्मीलाई एमालेको प्रदेश सचिव

नेकपा माओवादी केन्द्र छाडेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमाले कर्णालीको सचिव पद उपहार दिइएको छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।

सांसद रेग्मी २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र दैलेखबाट सांसद्मा निर्वाचित भएका थिए ।

frontline

सांसद रेग्मीले केपी ओली र माधव–प्रचण्ड समूह अलग भएका बेला ओली समूहलाई साथ दिन गएका थिए ।

अदालतको पार्टी व्युँताउने निर्णयसँगै आफूले के गर्ने भन्नेबारे नेताहरूसँग छलफल गरिरहेको सांसद रेगमीले केहीदिन अगाडि प्रतिकृया दिएका थिए । तर, उनले अन्ततः माओवादी छोडेर एमाले बनेका छन् ।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीले इञ्चार्जमा यामलाल कँडेल, सहइञ्चार्जमा गोरख बोगटी, अध्यक्षमा गुलाबजंग शाही र सचिवमा रेग्मीलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here