सिंहदरबार अगाडि पृथ्वीनारायणको सालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

श्रोत : ईन्टरनेट

२७ पुस, काठमाडौं । पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइएको छ । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले माल्यार्पण गरेर उनको स्मरण गरिएको हो ।

आज (मंगलबार) बिहान सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

frontline

सो क्रममा नेपाली सेनाको टोलीले सम्मान तथा सलामी समेत टक्य्राएको थियो ।

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायणलाई सर्वसाधारणदेखि राजनेताहरुले सम्झँदै आएका छन् ।

आज परेको उनको ३०० औँ जन्मजयन्तीमा विभिन्न राजनीतिक दलका नेता, संघ-संस्था तथा सर्वसाधारण समेत उनको सालिकमा माल्यार्पण गर्दै श्रद्धा प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here