लम्कीचुहा नगरपालिका वडा न ८ वडा कार्यालय भवन समउद्घाटन

सुदुरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको लम्कीचुहा नगरपालिकाको वडा न ८ वडा कार्यालय भवन समउद्घाटन समारोह सम्पन्न भएको छ । कार्यालयको उद्घाटन गरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि बजगाईले वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने भएको हुदा सम्पुर्ण वडा बासिलाई बधाई शुभकामना ब्यक्त गर्नु भयो । ८ नम्बर वडाको समस्याको रुपमा रहेको खाने पानीको पायपलाईन बिस्तार एक हप्ता भित्र सुरु गर्ने बताउदै मंसिरसम्म वडा बासि शुद्ध खानेपानीको पहुचमा पुग्ने बिश्वास दिलाउनु भयो । न्यून आयस्रोत भएका ,बिपन्न ,असाय लगायत वडा बासिको घर घरमा धारा जडान गर्ने बताउदै न्युनतम पाँच सय देखि तीन हजार भन्दा माथी नलिन आदेश दिएको र यदि खर्च बढ्ने देखियमा नगरपालिकाबाट बजेट हालन तयार भएको बताउनु भयो । भने अर्को समस्याको रुपमा रहेको  स्वास्थ्य चौकी चैत भित्रै संचालनमा ल्याउनेमा जोड दिनुभयो । साथै आजै नगर प्रमुख बजगाईले बचैला डम्बरिया सरसफाइ तथा खानेपानीको अनुगमन समेत गर्नु भएको थियो ।
वडा न ८ का वडा अध्यक्ष पुर्ण बिष्टको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो । बिशिस्ट अतिथि नगर उप–प्रमुख टीका थापा,बिशिस्ट अतिथी लम्कीचुहा प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडी ,अतिथिमा  ८ नम्बर वडा सदस्य जय प्रसाद देवकोटा, पतिराम चौधरी भरु देवि बि.क टिकापुर नवदुर्गा मा.विका अध्यक्ष दिपक कुवर सरस्वती आधारभुत बिधालयका अध्यक्ष नर बहादुर बिष्ट ,कालिका आधारभुत बिधालयकाका अध्यक्ष गोरख बहादुर बिष्ट , समाजसेवि बुद्धिजिवि मनोज खड्का ,बल बहादुर बिष्ट ,कर्ण प्रसाद जैशी ,नन्दराज बजगाई , नेत्र प्रसाद भण्डारी वडा सचीव लगायतका रहनु भएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि नगर उप–प्रमुख टीका थापा,बिशिस्ट अतिथी लम्कीचुहा प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडी ,अतिथी खेमराज भण्डारी,लिखराम चौधरी ,महेन्द्र ढुंगाना ,मनोज खड्का,टिकापुर बहुमुखी क्याम्पसका प्रध्यापक कृष्ण प्रसाद जैसी ,जनक बिष्ट लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा सदस्य जय प्रसाद देवकोटाको स्वागत मन्तव्य सङै सुरु भयको समुद्घाटन समारोहको संचालन भिम बिष्टले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here