चीनमा न्यु ओरिएन्टलले शिक्षकसहित आफ्ना ६० हजार कर्मचारीलाई हटायो पदबाट

२६ पुस, बेइजिङ  । चीनको निजी शैक्षिक संस्था न्यु ओरिएन्टलले शिक्षकसहित आफ्ना ६० हजार कर्मचारीलाई पदबाट हटाएको छ ।

चीन सरकारले देशका निजी शैक्षिक उद्योगलाई कानुनी दायरामा ल्याएसँगै ओरियन्टलले सो संख्यामा आफ्ना कर्मचारीलाई पदबाट हटाएको हो ।

frontline

न्यु ओरियन्टल सन् १९९३ मा स्थापना भएको हो । सो संस्थाका संस्थापक यु मिनहोङ हुन् ।

करिब ५४ हजार शिक्षकसहित विगतमा करिब १ लाख ५ हजार भन्दा बढी कर्मचारी सो संस्थामा कार्यरत रहेको वेवसाइटमा उल्लेख छ ।

सो संस्थाको आधिकारिक सामाजिक सञ्जाल माध्यम विच्याट अकाउन्टमार्फत न्यु ओरियन्टलले हालै आफ्ना ६० हजार कर्मचारी हटाएको जानकारी दिएको छ ।

चीन सरकारले गत वर्ष निजी ट्युसन संस्थालाई नियमन गर्ने भन्दै अधिकांश नाफामुखी संस्था बन्द गराएको थियो ।

त्यसपछि चीन सरकारले नयाँ पाठ्यक्रम विकास र शैक्षिक नियम परिमार्जन गरेको थियो ।

जसका कारण सो संख्यामा आफ्ना कर्मचारी हटाउनु परेको संस्थापक मिनहोङले सीएनए न्युजसँग बताएका छन् ।

न्यु ओरियन्टल चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो शैक्षिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here