संक्रमण बढेसँगै अस्पतालमा चाप बढ्यो, सतर्कता अपनाउन आग्रह

२५ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उनले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएका छन् ।’

कोभिडको संक्रमण बढेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here