२४ घण्टामा ११६७ संक्रमित

२५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

frontline

संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here