सामुदायिक वनमा मानव कंकाल फेला

२५ पुस, प्युठान । प्युठानको तिखाचुली सामुदायिक वनमा आज बिहान मानव कंकाल फेला परेको छ ।

उक्त कंकाल गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ ।

frontline

पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।

घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here