धनगढीमा तालिम समापन-योगदान राष्ट्रका लागी

योगदान राष्ट्रका लागी संस्थाको आयोजनामा धनगढीमा ५ दिने सुदूरपश्चिम प्रदेश स्तरित तालिमको समापन भएको छ। एक्कासि उपचार गर्नुपर्ने अवस्थालाई दर्साउँदै योगदान राष्ट्रका लागी संस्थाले सञ्चालनमा ल्याएको तालिमको आज समापन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले सकारात्मक काममा अगाडि बढ्ने युवाहरूलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले दुर्घटनामा परेकाको प्रार्थमीक उपचार गरिए ठुलो क्षतीहुनबाट जोगिने बताए।

सुदूरपश्चिमका नौं वटै जिल्लाका युवाहरूको सहभागिता रहेको उक्त तालिममा घाटीमा केही अड्किएमा गरिने प्रार्थमीक उपचार, पानिमा डुबे, दुर्घटनामा परे, लगायत अचानक गर्न सकिने उपचारका विषयमा जानकारी गराइएको तालिममा सहभागी सञ्चारकर्मी दिपा भण्डारीले बताइन्।कार्यक्रममा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती, केन्द्रीय लेखा संयोजक रमीला श्रेष्ठ लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाका युवाहरूको सहभागिता रहेको योगदान राष्ट्रका लागी जिल्ला कैलाली सचिव उपेन्द्र शाहले जानकारी दिए।  कार्यक्रमको सञ्चालन एल.बि.सिह ठकुरीले गरेका थिए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here