वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

२४ पुस, वीरगञ्ज । वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो ।

frontline

पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।

वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here