मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि

२४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

frontline

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ ।

महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए । महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ ।

यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here