ए डिभिजन लिग : एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेले

फाइल तस्बिर

२३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रवार भएकाे दोस्रो खेलमा विभागीय टाेली एपीएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तालिकामा सम्मानजनक स्थान हासिल गर्न जितको खोजीमा रहेका दुवै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अङ्क बाँड्दै आठौँ चरणको आफ्नो खेल सकाएका छन् ।

frontline

बराबरीपछि एपीएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत् रहँदा ललितपुरे टोली जावलाखेलले आठ खेलमा आठ अङ्क जोडेको छ । जावलाखेल नवौँ स्थानमा यथावत् छ ।

लिगमा भाेलि शनिवार तीन खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । 

यस्तै पोखरा रङ्गशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here