वर्षमान पुनलाई एक दुई दिन आराम गर्न डाक्टरको सुझाव

फाइल तस्बिर

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई डाक्टरले एक दुई दिन आराम गर्न सुझाव दिएका छन्।  

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन शुक्रबार स्वदेश फर्कंने तयारी गरेपनि उनलाई नजान डाक्टरले सुझाव दिएको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।

frontline

उनले भने, ‘बिहीबार वर्षमान पुन फलोअपका लागि अस्पताल जानु भएको थियो। डाक्टरले १/२ दिन आराम गरेर मात्र जान सुझाव दिनुभएको छ। आज उहाँ आउने सम्भावना छैन।’

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए। जण्डिसको वंशानुगत समस्या भएका उनी उपचारका लागि गएका हुन्।

पुन स्वदेश फर्कने भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म बैठक स्थगित भएको जानकारी गराएका थिए।

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन्। यो वंशाणुगत रोग भएको बताइएको छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए। जनरल फिजिसियन डा. अमित गौलीका अनुसार ‘क्रिग्लर नजर सिम्टम’ भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो।

जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई ‘बीलीरुबीन’ पनि भनिन्छ।

सामान्यतः भन्नुपर्दा ‘बीलीरुबीन’ले जण्डिस गराउने पित्तको लेभल बढाउनु हो। यो बढिरहेको अवस्थामा कहिलेकाहीँ इन्फेक्सन (संक्रमण) भइदियो वा कलेजोलाई असर पार्ने औषधिहरु चल्यो वा कलेजोमा कुनै समस्या आइदियो भने देखिएको जण्डिसलाई झन् बढावा दिन्छ। त्यसलाई ‘क्रिग्लर नजर सिम्टम’ भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here