सुकुम्बासीको जग्गा किर्ते गर्ने मालपोत बर्दियाका सुब्बासहित ६ जना विरुद्ध मुद्दा

२२ पुस, काठमाडौं । सुकुम्बासीको जग्गा किर्ते कागजात बनाएर बिक्रीवितरण गरेकाे आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्धा दायर गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासीको जग्गा किर्ते गर्ने मालपोत कार्यालय बर्दियाका नायब सुब्बा शम्भुप्रसाद अधिकारीसमेत ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

frontline

सुकुम्बासी समस्या समाधान आयोगबाट सुकुम्बासीको जग्गा बिक्रीका लागि २५ वर्षे समयसिमा तोकिएको छ । तर मालपोतका कर्मचारीको मिलोमतोमा १५ वर्ष बनाई किर्ते गरेको अख्तियारले जनाएको छ ।

मालपोतका सुब्बा अधिकारी, जग्गाधनी चन्द्रबहादुर सुनार, जग्गा खरिद गर्ने टेक बहादुर सुनार र चन्द्र बहादुर सुनारकै जग्गा दृष्टिबन्धक पारित गरी लिने भक्तबहादुर थापाको मिलेमतोमा यो काम भएको देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।  

सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ वर्षे समयसीमा भएको जग्गा सुक्रिबिक्रीका लागि मालपोत कार्यालय बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ वर्षलाई काटी १५ वर्ष बनाई गैरकानूनी तरिकाले सच्याउने, थपघट गर्ने कार्य गरी ती प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले बताए ।  

मालपोत कार्यालय बर्दियामा कार्यरत कर्मचारीहरुलाई जग्गा किन्ने व्यक्तिमार्फत नगद ३५ हजार दिएको हुँदा चन्द्रबहादुर सुनार र टेकबहादुर सुनारले भ्रष्टाचार निवारण ऐनविरुद्ध काम गर्ने पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here