तिलगंगामा स्कुटरलाई ठक्कर दिएर भागेका बस चालक पक्राउ

२२ पुस, काठमाडौं । काठमाडौंको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्। 

प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौं महानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान तामाङलाई पक्राउ गरेको हो। 

frontline

उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

‘उनलाई बालाजुको बोहराटारबाट पक्राउ गरिएको छ। दुर्घटनापछि भागेका उनी लुकिछिपी बसिरहेका थिए,’ उनले भने। 

सोमबार साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका-९ तिलगंगा पिंगलास्थानमा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि भागेका तामाङलाई प्रहरीले ४६ घण्टामा पक्राउ गरेको हो।

स्कुटर चालक दोलखा, तामाकोशी गाउँपालिका सिन्ले घर भई काठमाडौंको शान्तिनगरमा डेरा गरी बस्दै आएकी २६ वर्षीया कृतिका कार्की गम्भीर घाइते भएकी थिइन्।

उनलाई तत्कालै टिचिङ अस्पताल पुर्‍याइएको थियो।

उनको उपचारको क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो। दुई दिनदेखि फरार रहेका चालकलाई पक्राउ गरेसँगै प्रहरीले उनीविरूद्ध थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here