म माओवादीमा फर्कन असम्भव,अदालतको फैसलाको सम्मान गर्छौ : उर्जामन्त्री रायामाझी

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफु तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । पुर्व माओवादी केन्द्रमा हुंदा स्थायी समिति सदस्य रहेका नेता रायामाझी नेकपाको विभाजनपछि प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातर्फ लागेका थिए ।

संसद भवनमा आईतवार सञ्चारकर्मीसंग कुरा गर्दै नेता रायमाझीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने र तत्काल माओवादी केन्द्रमा नफर्कने दावी गरे ।

frontline

आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाउंदै आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै फैसला सुनाएको हो । यससंगै पुर्व माओवादी केन्द्र र एमाले समेत ब्युतंने भएको छ ।

अदालतको फैसलाले कानुनि जटिलता थपेको नेताहरुले बताएका छन् । सर्वोच्चको फैसलाबाट प्रधानमन्त्री ओली पक्ष हौसिएको छ भने प्रचण्ड र माधव नेपाल समुहले भने त्यसको विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here