चीनको एक सहरमा निर्माणस्थलमा पहिरो जाँदा १४ मजदुरको मृत्यु

फाइल तस्बिर

२० पुस, गुइझाओ ।  दक्षिण-पश्चिम चीनको एक सहरमा निर्माणस्थलमा पहिरो जाँदा कम्तीमा १४ मजदुरको मृत्यु भएको छ। 

चिनियाँ प्रान्त गुइझाओको बिजी सहरमा जारी निर्माणस्थलमा पहिरो जाँदा कम्तीमा १४ मजदुरको मृत्यु भएको हो। 

frontline

पहिरो सोमबार राति गएको स्थानीय अधिकारीहरुले मंगलबार बताएका छन्। स्थानीय सरकारका अनुसार सो निर्माणस्थलमा गएको पहिरोमा परी कम्तीमा १४ को मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

करिब १७ मानिस भने पहिरोमा पुरिएको बताइएको छ। 

७२० उद्धारकर्मीहरुले पहिरोमा पुरिएकाहरुको खोजी कार्य जारी रहेको सिजिटिएनमा खबर छ।

हालसम्म सो क्षेत्रबाट ८ मानिसको उद्धार गरिएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here